ममताले मोदीलाई पत्र लेख्दै भनिन्- पश्चिम बंगालको अक्सिजन अन्तै गइरहेको छ बीबीसी। भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनार्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखी अक्सिजन पठाउन अनुरोध गरेकी छन्। उनले प्रतिदिन ५५० मेट्रिक टन अक्सिजन माग गरेकी छन्। केन्द्र सरकारले पश्चिम बंगालमा उत्पादन गरेको अक्सिजन अन्य राज्यमा पठाइएको आरोप उनले लगाएकी छन्। पश्चिम बंगलमा प्रतिदिन ५६० मेट्रिक टन अक्सिजन उत्पादन हुने गरे पनि ३०८ मेट्रिक टन मात्र दिने गरेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्