कतारले यसपटकको शहीद स्मारक ‘ए’ डिभिजन लिगलाई नै प्रायोजन गरेको छ। यती एअरलाइन्सले भने हिमालयन शेर्पा क्लबलाई प्रायोजन गरेको छ।
लिगको मुख्य प्रायोजकको रूपमा कतार एअरवेज र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सम्झौता भएको दुई दिनपछि नै यती पनि मैदान पसेको हो। यसले नेपालको घरेलु फुटबल लिगमा समेत ब्राण्ड विस्तारका लागि बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धाकै स्थिति देखापरेको देखाउँछ।
सम्झौता अनुसार कतार एअरवेजले लिग आयोजक एन्फालाई दुई चरणमा गरेर १५० हजार अमेरिकी डलर उपलब्ध गराउने छ।
बियर र भोड्का
नेपाली घरेलु फुटबलको चिरपरिचित क्बल हो थ्री–स्टार। यही क्लबलाई प्रायोजन गरेर अन्तर्राष्ट्रियस्तरको ब्राण्ड रुस्लान भोड्का नेपाली फुटबल मैदानमा आएको छ।
विदेशी ब्राण्डका मदिरा कम्पनी मैदानमा पस्ने क्रम यहीँ रोकिएन। जब बियर उत्पादक कम्पनी सानमिगेलको मैदान प्रवेश भयो, लिगमा कर्पोरेट प्रतिस्पर्धा झन् रोमाञ्चक मोडमा पुगेको छ। उपाधिको बलियो दाबेदार मानिएको मछिन्द्र क्लबलाई प्रायोजन गर्दै सानमिगेलले पनि आफूलाई प्रतिस्पर्धी बनाएको छ।
महिन्द्रा र बजाज
महिन्द्रा र बजाज अटो क्षेत्रका दुई प्रमुख कम्पनी हुन्। यी दुवै कम्पनीले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोलीलाई प्रायोजन गरेका छन्। महिन्द्राले सशस्त्र पहरी बलको एपीएफ क्लबलाई प्रायोजन गरेको छ भने बजाज कम्पनीको पल्सर मोटरसाइकल नेपाल आर्मी क्लबको प्रायोजक बनेको छ।
सम्झौताअनुसार महिन्द्राले एपीएफलाई वार्षिक ४० लाख रूपैयाँ दिनेछ। त्यसैगरी, पल्सरले आर्मीलाई २५ लाख रूपैयाँ उपलब्ध गराउनेछ। दुईवटा अटो कम्पनीले दुई विभागीय टोलीलाई प्रायोजन गर्नु लिगमा ब्राण्डहरूबीच रोचक प्रतिस्पर्धा देखाउने उदाहरण हो।
पुलिससँग टेलिकम, जावलाखेलसँग प्रभु बैंक
जारी ‘ए’ डिभिजन लिगमा प्रभु बैंकले जावलाखेल युथ क्लबलाई प्रायोजन गरेको छ। एक वर्षका लागि भएको प्रायोजन सम्झौताअनुसार जावलाखेल क्लबले आफ्नो जर्सीमा प्रभु बैंकको नाम लेखेवापत वार्षिक २५ लाख रूपैयाँ प्राप्त गर्नेछ।
त्यसैगरी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले विभागीय टोली नेपाल पुलिस क्लबलाई प्रायोजन गरेको छ। प्रायोजन गरेबापत टेलिकमले पुलिस क्लबलाई वार्षिक ३२ लाख रूपैयाँ दिनेछ।

फुटबल मैदानमा कर्पोरेट ‘भिडन्त’

काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रौनक छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा २८ मंसीरदेखि शुरू भएको यो प्रतियोगितामा विभागीय तथा राष्ट्रियस्तरमा ख्याती कमाएकासमेत गरी १४ वटा क्लब उपाधि जित्ने प्रतिस्पर्धामा छन्।

फुटबल क्लबहरू ‘ए’ डिभिजन लिग उपाधिका लागि मैदानमा भिडिरहेका छन्। तर, यसपालि रंगशालामा क्लब र खेलाडीको मात्र भिडन्त छैन। खेलकुद र त्यसमा पनि फुटबलप्रेमीलाई उत्साहित बनाउने अर्को भिडन्त पनि त्यहाँ भइरहेको छ। त्यो हो– कर्पोरेट भिडन्त।

घरेलु फुटबलमा स्वदेशी तथा विदेशी कर्पोरेट हाउसदेखि बहुराष्ट्रिय कम्पनीसम्मको प्रतिस्पर्धात्मक उपस्थिति दशरथ रंगशालामा प्रष्ट देख्न सकिन्छ।

नेपाली खेलकुदको विकासमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण साथ र सहयोग पहिलेदेखि नै छ। व्यावसायिक जगतले गरेको आर्थिक र भौतिक सहयोगले खेल क्षेत्रको विकासमा उल्लेख्य योगदान पनि गरेको छ। पछिल्लो समय खेल क्षेत्र ‘कर्पोरेट ब्राण्ड’ विस्तारको महत्वपूर्ण विकल्प बनेकाले पनि हुनसक्छ, कर्पोरेट जगतको रूचि त्यसैगरी बढेको छ। दशरथ रंगशालामा देखिएको दृष्य त्यही हो।

त्यसक्रममा ‘ए’ डिभजन लिग जित्ने प्रतिस्पर्धामा रहेका क्लबहरूमध्ये उपाधिका दाबेदारलाई छनोट गरेर विभिन्न कर्पोरेट हाउसले प्रायोजन गर्न थालेका छन्। यस्तो प्रतिस्पर्धामा वायुसेवा कम्पनीदेखि बैंक र मदिरा उत्पादन कम्पनीसमेत छन्।

घरेलु प्रतियोगितामा कर्पोरेट तथा व्यावसायिक क्षेत्रको प्रायोजन अहिले संसारभर नै बढिरहेको छ। फुटबलको विश्वचर्चित यूरोपियन च्याम्पियन्स लिग, यूरोपा लिग, स्पेनिस ला लिगा, इङ्लिस प्रिमियर लिग, जर्मनीको बुडेन्सलिगा, फ्रान्सको लिग वान र इटलीको सिरी–ए जस्ता फुटबल प्रतियोगितालाई विश्वका स्थापित ब्राण्डले प्रायोजन गर्छन्। यसका साथै विश्वकप फुटबल, यूरोकप र कोपा अमेरिका जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत विश्वका चर्चित व्यवसायिक कम्पनीले ब्राण्ड विस्तार गर्ने लक्ष्यसहित प्रायोजन गर्दै आइरहेका छन्।

क्रिकेटका घरेलु लिगमा पनि अहिले यो क्रम बढेको छ।

यस्ता लिगमा कर्पोरेट समूह आफ्नो प्रतिष्ठा बनाएरै ठूला र नाम चलेका क्लबसँग साझेदारी गर्न चाहन्छन्। विश्वको परिप्रेक्ष्यमा हेर्दा यूनाईटेड अरब इमिरेट्स (यूएई)को हवाई कम्पनी ‘फ्लाई इमिरेट्स’ र कतारको ‘कतार एअरवेज’को प्रायोजनमा भिडन्त देखिन्छ।

यस्तै, रेडबुल, कोकाकोला तथा काल्र्सबर्ग, एडिडास र नाइकी जस्ता कम्पनीले फुटबल प्रायोजनलाई प्रतिष्ठाको विषय बनाउँदै आएको पाइन्छ।

यसरी, व्यावसायिक क्षेत्रको उपस्थिति मैदानमा देखिएसँगै त्यसको आर्थिक फाइदा क्लब र खेलाडीलाई हुने नै भयो। जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री भन्छन्, “फुटबल मैदानमा बैंक, अटोमोबाइल्स तथा कर्पोरेट क्षेत्र प्रवेश गर्दा देशको अर्थतन्त्रलाई नै प्रत्यक्ष फाइदा पुग्छ।”

लिगमा क्लबहरूको प्रमुख लक्ष्य उपाधि जित्नु हुन्छ भने कर्पोरेट क्षेत्र, बैंक तथा विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको लक्ष्य आफ्नो ब्राण्ड विस्तार गर्नु।

पछिल्लो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७० सालमा भएको थियो। त्यो प्रतियोगिताको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले ७५ लाख रूपैयाँ नगद पुरस्कार पाएको थियो। त्यस्तै, २०७१ मा भएको राष्ट्रिय लिग फुटबलको उपाधि विजेता थ्री–स्टार क्लबले सर्वाधिक एक करोड रूपैयाँ हात पारेको थियो। त्यसयता गत वर्षदेखि शुरू भएको प्रतियोगिताको पुरस्कार राशि भने करीब ५० प्रतिशतले घटेको छ।

कतार एअरवेज र यती एअरलाइन्स

हवाई उड्ययनको क्षेत्रमा कतार एअरवेज र नेपालको यती एअरलाइन्सलाई एकापसमा दाँज्न मिल्दैन। कतार एअरवेज अन्तर्राष्ट्रियस्तरको वायुसेवा कम्पनी हो भने यती नेपालको घरेलु वायुसेवा कम्पनी। यी दुवै कम्पनी नेपाली फुटबल मैदानमा ब्राण्ड विस्तार गर्ने लक्ष्यसहित होमिएका छन्।