दिल्लीका अक्सिजन कारोबार क्षेत्रमा छापा
काठमाडौं। दिल्लीमा अक्सिजनको कारोबार क्षेत्रमा लगातार छापा मारिएको छ। दिल्लीका बार, होटल र फार्महाउसमा दिल्ली प्रहरीले छापा मारेको हो। ती स्थानबाट प्रहरीले ४२५ भन्दा बढी कन्सन्ट्रेटर बरामद गरिएको छ। गोदाममा थन्क्याएर राखिएको उक्त कन्सन्ट्रेटर ब्ल्याकमा बेचिँदै आएको थियो। प्रहरीले कन्सन्ट्रेटरसहित चार जनालाई पक्राउ समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्