जापानद्वारा पाकिस्तानलाई एक लाख ३० हजार कोरोना टेस्टकिट प्रदान
एजेन्सी। कोरोना महामारी नियन्त्रणका लागि जापानको एक हेल्थकेयर कम्पनी जापानस्थित पाकिस्तानी राजदूतावासलाई एक लाख ३० हजार कोभिड टेस्टकिट प्रदान गरेको छ। उक्त किटहरू टोकियोस्थित नारिता विमानस्थलबाट आज इस्लामाबाद अन्तर्राष्ट्रिय एयरपोर्ट लगिनेछ। इस्लामाबादको नेसनल इन्स्टिच्युट अफ हेल्थले पाकिस्तानभर उक्त किट वितरण गर्नेछ।
प्रतिक्रिया दिनुहोस्