दिल्लीको एम्स अस्पतालले भन्यो, ‘छोटा राजनको उपचार भइरहेको छ’ काठमाडौं। अन्डरवल्र्ड डन छोटा राजनको मृत्यु नभएको एम्स अस्पतालले जनाएको छ। एम्सका जनसम्पर्क अधिकारी बिएन आचार्यले छोटा राजनको अहिले पनि उपचार चलिरहेको प्रष्ट पारेका छन्। उनले बिबिसी हिन्दीसँगको कुराकानीमा छोटा राजनको एम्समा उपचार चलिरहेको र उनी ज्युँदै भएको जानकारी दिए। केही समय अगाडी भारतीय सञ्चारमाध्यमले छोटा राजनको मृत्यु भएको खबर सार्वजनिक गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्