नवलपरासीका दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन्। गैँडाकोट नगरपालिकाले कोभिड-१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख छत्रराज पौडेलले बताए। कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको नगरउपप्रमुख प्रेमशङ्कर मर्दनियाले बताए। रासस
प्रतिक्रिया दिनुहोस्