स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई जरिवाना काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अहिले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गर्न बिभिन्न अभियान चलाएको छ। यसै अभियानअन्तर्गत उनीहरुलाई कारबाही गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्