कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश काठमाडौं। उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले कार्यकारी सम्पादक र महाप्रबन्धकलाई थुनामुक्त गर्न आदेश दिएको हो। उनीहरुलाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै प्रहरीले पक्राउ गर्नु अनुचित भएको ठहर गरेको छ। वैशाख १२ सम्पादक तामाङ र महाप्रबन्धक लामालाई कार्यालयबाटै पक्राउ गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्