निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ८०५ जना होल्डमा काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने सात हजार ८०५ जनालाई प्रहरीले आज होल्डमा राखी सम्झाई बुझाई छोडेको छ। सोही क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने एक हजार १३० वटा गाडी र एक हजार ९७३ वटा मोटरसाइकल गरी तीन हजार १०३ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्