सञ्चार क्षेत्रलाई मर्यादित बनाउन ‘डेडिकेटेड’ टिम बनाइने
काठमाडौं। सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले सञ्चार क्षेत्रलाई मर्यादित बनाउन ‘डेडिकेटेड’ टिम बनाउने भएको छ। मन्त्री पार्वत गुरुङले सरकारी र निजी क्षेत्रका सञ्चार गृहलाई समेटेर टिम तयार गर्ने बताए। उनले भने, “समाचार पढेर मान्छेलाई निराश नबनाउने खालका सूचना सम्प्रेषण गर्न गाइडलाइन तयार गर्छौं, जसले विगतमा जस्तो समाचार पढेर आत्महत्या गर्ने स्थिति नआओस्।” उक्त गाइडलाइनअनुसार सबै सञ्चारगृहलाई परिपत्र गरिने गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस्