कर्मचारी समायोजनको त्रुटि सच्याउँदै मन्त्रालय
काठमाडौं। कर्मचारी समायोजनमा पाइलैपिच्छे त्रुटि भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई सच्याउने गृहकार्य थालेको छ।
समायोजनमा कमजोर र निरीह कर्मचारी मात्र खटाउने काम भएको भन्दै मन्त्रालयले सकेसम्म त्यसलाई सुधार गर्न गृहकार्य थालेको जनाएको छ।
अघिल्ला मन्त्री लालबाबु पण्डितका पालामा कर्मचारी समायोजनमा प्रशस्त त्रुटि भेटिएको भन्दै उनको आलोचनासमेत भएको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ।
मन्त्री त्रिपाठीले समायोजनमा यस्ता त्रुटिबाट कर्मचारीको मर्यादामा आँच आएकाले सच्याइने बताए।
तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा नापतौल इन्जिनियरलाई खटाए ।
तर, सडक र पुलको ठेक्कापट्टा हुँदा ती सचिवले ठेक्का मूल्यांकन गर्न नसकेकाले  ठेक्का नै अवरुद्ध हुन पुग्यो ।
समायोजनले हिमाली र पहाडी जिल्लाका अधिकांश कार्यालयमा कर्मचारी नगण्य बनाएको र सुगममा दरबन्दीभन्दा बढी कर्मचारी थुपारेको थुपारिएको छ।
समायोजनका नाममा सुगम ठाउँमा १९ जना दरबन्दी भएको कार्यालयमा ३१ जनासम्म कर्मचारी खटाइएको र दुर्गम ठाउँका कार्यालयमा कर्मचारी नगण्य पारिएको भेटिएको हो।
कर्मचारीको विज्ञता र क्षमतालाई आधार नै नबनाई पद र समूहका आधारमा मात्र समायोजन गर्दा थुप्रै समस्या भेटिएको हो।
मन्त्री त्रिपाठीले समायोजनका क्रममा गरिएका त्यस्ता त्रुटि सच्याएर कर्मचारीको मनोबल उच्च बनाउन चाहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्