भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात बाँके। भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। इमरजेन्सी विभागमा कार्यरत हेल्थअसिस्टेन्ट पुपेन्द्र शाहीमाथि ३४ जनाको समूहले हातपात गरेको हो। कोभिड वार्डमा मृत्यु भएका विरामीलाई हेर्न नआएको भन्दै उनीमाथि हातपात गरेका थिए। अस्पतालले उक्त घटनाको छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ। विज्ञप्ती जारी गर्दै जटिल अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नुको साटो दुर्व्यवहार भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्