सिलिण्डर लिन निगमको मेडिकल कार्गो सोमबार चीन जाने तयारी
काठमाडौं। चीनले नेपाललाई सहयोगस्वरूप दिने भनेको सिलिण्डर लिन सोमबार नेपाल वायुसेवा निगमको मेडिकल कार्गो जाने तयारी भएको छ। पहिलो लटको अक्सिजन लिन जान कार्गो उडान मे १० मा गई भोलिपल्ट फर्कने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो। यसका लागि विभिन्न देशसँग ओभरफ्लाई र चीनमा अवतरणको अनुमतिका लागि प्रक्रिया अघि बढेको कोभिड-१९ सहजीकरण समितिको बैठकमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्