डोटी। जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले काम शुरु गरेको छ।

महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारबाही गर्ने भन्दै जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि 'छाउ' बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको छ।

छाउपडी कुप्रथाका कारण सुदूरपश्चिमभरिमा अहिलेसम्म १२ जनाभन्दा बढी महिलाको अकालमै ज्यान गइसकेको विभिन्न संघसंस्थाको तथ्याङ्क छ ।

महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी प्रथा कायमै रहेको केआइसिंह गाउँपालिकाका स्थानीयवासी चेतराज भट्ट बताउँछन्।

उनले भने , “छाउपडी हटाउन खोजे पनि देवीदेउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण यहाँका गाउँमा छाउपडी प्रथा हटाउन सकिएको छैन।”

गृह मन्त्रालयले छाउगोठ नष्ट गर्न निर्देशन दिएपछि स्थानीय प्रशासन कारबाही गराउन तातेका छन्।  प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएको हो।

“छाउगोठ नराख्न सूचना जारी गरेका छौँ, राख्नेलाई कारवाही हुनेछ”, डोटी जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ , “छाउगोठ राख्ने तथा बस्न बाध्य बनाउनेका विरुद्ध सशक्तरूपमा कारवाही गर्छौं ।”

छाउपडी कुप्रथालाई निरन्तरता दिनेमाथि वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्जा लगायतका राज्यबाट प्रदान गरिने सेवा रोक्का गर्न १० पुसमा पत्राचार गरेको छ। रासस

" /> डोटी। जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले काम शुरु गरेको छ।

"> छाउगोठ हटाउन स्थानीय तहलाई डोटी प्रशासनको पत्र: Dekhapadhi
छाउगोठ हटाउन स्थानीय तहलाई डोटी प्रशासनको पत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्