मिजोरममा अफ्रिकन स्वाइन फिभरः एक महिनामा १७ सय सुंगुर मरे एजेन्सी। भारतको मिजोरममा फैलिएको अफ्रिकन स्वाइन फिभरबाट एक महिनामा १७ सय सुंगुर मरेका छन्। प्रान्त सरकारले यो रोग नियन्त्रणबाहिर गएकाले अन्यत्र पनि फैलिएका बताएको छ। सुरुमा यो रोग बंगलादेशसँग सीमा जोडिएको क्षेत्रबाट फैलिएको र अहिलेसम्म एक हजार ७२८ वटा सुंगुर मरिसकेकाले सावधानी अपनाउन सरकारले अपिल गरेको छ। यसबाट करिब सात करोड भारु नोक्सान भइसकेको पनि सरकारले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्