अमेरिकी दूतावासका अत्यावश्यक सेवाबाहेकका कर्मचारीले नेपाल छाड्न पाउने
एजेन्सी। नेपालमा कार्यरत अत्यावश्यक सेवाबाहेकका अमेरिकी दूतावासका कर्मचारीले नेपाल छाड्न पाउने भएका छन्। नेपालमा कोरोना भाइरस संक्रमण अनियन्त्रित बन्न थालेपछि शुक्रबार अमेरिकाको स्टेट डिपार्टमेन्टले यस्तो निर्णय गरेको हो। नेपाल घुम्न आएका आएका अमेरिकी पर्यटकले पनि दूतावासमा सम्पर्क गरेर स्वदेश फर्कन सक्ने डिपार्टमेन्टले बताएको छ। यसबाट दूतावासलाई जहाज चार्टर गरेर अमेरिका फर्काउन सहज हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्