अफगानिस्तान–पाकिस्तान सीमा भिडन्त, चार पाकिस्तानी सैनिक मारिए एजेन्सी। पाकिस्तानको सीमामा तारबार लगाइरहेका सेनामाथि अफगानिस्तानी विद्रोहीले गरेको हमलामा चार सैनिक मारिएका छन्। बुधबारको उक्त भिडन्तमा ६ सैनिक गम्भीर घाइते भएका छन्। पाकिस्तानी सेनाले पनि आफूमाथि हमला भएपछि प्रतिकार गरेको थियो। पछिल्लो भिडन्तलाई निराशाजनक कार्य मानिएको छ। यसले शान्तिवार्तामा असर गर्ने बताइएको छ। सीमाक्षेत्रमा तारबार लगाउने कामलाई अफगानिस्तानले विरोध गर्दै आएको छ। पाकिस्तानी सेनाले तारबार लगाइछाड्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्