संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सुधार आवश्यकः भारत एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा संकिर्ण प्रतिनिधित्व र केहीका लागि विशेषाधिकार दिइँदा यसको विश्वसनीयता र प्रभावकारितामा गम्भीर चुनौती आउने भारतले बताएको छ। राष्ट्रसंघको उच्चस्तरीय बैठकमा भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले भने, ‘परिषद्लाई विकासशील देशहरुको अधिक प्रतिनिधित्व हुनेखालको बनाउनुपर्छ। कसैलाई विशेषअधिकार दिने र कसैको बेवास्ता गरिनु हुँदैन।’ भारत दुई वर्षका लागि परिषद्को गैर–स्थायी सदस्य छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्