दुर्घटना बढेपछि गाडिको 'हुट' हटाउँदै प्रहरी
<p>कावासोती। अत्याधिक भारका कारण सवार दुर्घटना बढेपछि ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ । </p>
<p>पहाडी क्षेत्रमा चल्ने गाडिमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले ‘हुट’ नै हटाएको हो। </p>
<p>पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा गह्रुँगो सामान बोक्दा दुर्घटनाको जोखिम बढेकोले ‘हुट’हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए।</p>
<p>बस व्यवसायी र जिप व्यवसायी समितिलाई पत्राचार गरेर सवारीसाधनको न्यूनतम मापदण्ड कायम राख्न पत्राचार गरे पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउने अभियान शुरु गरेको थापाको भनाइ छ। <em>रासस</em> </p>
प्रतिक्रिया दिनुहोस्