बेल्वासे र थापा बेलायतको काउन्सिलरमा विजयी काठमाडौं। बेलायतको रश्मोर बरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई जना बेलायती काउन्सिलरमा विजयी भएका छन्। अल्डरसटस्थित वेलिङ्टन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका हुन्। नेपालीको बाक्लो बस्ती रहेको उक्त बरोमा बिहीबार सम्पन्न निर्वाचनको नतिजा शुक्रबार आएको हो। दुवैजना कन्जरभेटिभ पार्टीबाट निर्वाचित भएका हुन्।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्