पोखराको विन्ध्यवासिनी मन्दिरमा चरालाई नियमित चाराको व्यवस्था पोखरा। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन गरिएको छ। मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाइएपछि मन्दिर परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुन थालेको हो। त्यसैले चराचुरुङ्गीलाई आहाराको समस्या नहोस् भनेर नियमित चाराको व्यवस्थापन गराएको विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले समितिका सचिव तीर्थ श्रेष्ठले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्