मुआब्जा नपाएपछि स्थानीयवासीद्वारा अरुण तेस्रोको प्रवेश मार्ग बन्द

खाँदबारी। ९०० मेगावाट क्षमताको अरुण तेस्रोे आयोजनाको करीब ३० प्रतिशत काम सकिँदासम्म मुआब्जा नपाएपछि स्थानीयवासीले प्रवेश मार्ग बन्द गराएका छन्।

छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिलेको छैन।

संखुवासभा मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा आयोजना निर्माणाधीन छ।

छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा पाएका छैनन।

काम शुरू भएको तीन वर्षसम्म उचित मुआब्जा नपाएको स्थानीयवासीको गुनासो छ।

पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको संघर्र्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए।

स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्