इरानी नेता खामेनई भन्छन्- इजरायल आतंककारीहरूको केन्द्र हो
एजेन्सी। इरानी शीर्ष नेता आयोतुल्लाह खामेनईले इजरायलमाथि कडा टिप्पणी गरेका छन्। उनले शुक्रबार इजरालयलाई एक देशमात्रै नभइ आतंककारीहरुको केन्द्रसमेत रहेको आरोप लगाएका हुन्। जेरुसलेम डेकोअवसरमा उनले भने, "इजरायल कुनै एक देशमात्र होइन, त्यो प्यालेस्टिनी र अन्य मुस्लिम देशविरुद्धको आतंककारीहरुको ठेगाना पनि हो।" खामेनईले इजरायलविरुद्ध संसारका सबै मुस्लिम देश एकजुट हुनुपर्ने बताए। इजरायल निरंकुश मुलुक भएको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस्