होम आइसोलेसनमा बसेकालाई 'हेल्लो डाक्टर' सेवा
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले 'हेल्लो डाक्टर' सेवा सुरु गरेको छ। महासंघले कोभिड रिलिफ नेपाल अभियानको थालनी गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो। भाइवरसँगको सहकार्य रहेको हेल्लो डाक्टरले वैशाख २६ देखि सेवा थाल्नेछ। चिकित्सकको परामर्श लिन कठिनाइ भएकाहरुलाई लक्षित गर्दै यस्तो सेवा सुरु भएको हो। सुरुवातमा ५ जना डाक्टरले सेवा दिनेछन्।
प्रतिक्रिया दिनुहोस्