१९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने पक्राउ पर्सा। नेपाली रुपैया १९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरी तिवारी रहेका छन्। निषेधाज्ञाको मौका छोपी दोब्बर मुल्यमा बेच्ने खोजेको सूचनाको आधारमा प्रहरीले उनको औषधि पसलमा छापा मारेको प्रहरीले जनाएको छ। पक्राउ परेका तिवारीलाई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्