बम विस्फोटमा घाइते माल्दिभ्सका सभामुखको अवस्था ‘गम्भीर’
अल जजिरा। बिहीबार आफ्नै घरअगाडि भएको बम विस्फोटमा घाइते भएका माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नाशीदको अवस्था ‘गम्भीर’ रहेको जनाइएको छ। उनी उपचाररत एडीके अस्पतालले ट्वीटमार्फत् विस्फोटपछिको १६ घण्टामा उनको शिर, छाती, पेट र खुट्टाहरूमा गरी धेरैपटक ‘सर्जरी’ गरिएको तर उनी अझै आईसीयूमा ‘गम्भीर’ रहेको बताएको छ। विस्फोटमा उनका सुरक्षागार्डसहित दुईजना अन्य घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्