भारतसँग जोडिएका सर्लाहीका सबै सीमानाका बन्द सर्लाही। सर्लाहीका सबै सीमा नाका बन्द गरिएको छ। भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमानाका बन्द गरी आवागमन ठप्प पारिएको छ। नेपाल सरकारको निर्देशनअनुसार सीमानाका बन्द गरेर नेपाल-भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए। भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रजिअ तामाङले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्