जेरुसलेमको झडपमा २०५ भन्दा बढी प्यालेस्टिनीहरू घाइते
द गार्जियन। जेरुसलेमको ‘डोम अफ द रक’ क्षेत्रको मस्जिदमा रातभर झडप हुँदा २०५ प्लालेस्टिनी र १७ इजरायली प्रहरी घाइते भएका छन्। पवित्र रमदानको महिनामा जेरुसलेममा विभिन्न प्रतिबन्ध लगाइएको आरोप प्यालेस्टिनीहरूको छ। शुक्रबार अल-अक्सा मस्जिदमा प्रहरीको घेराबन्दीबीच लाखौं भक्तजन जम्मा भएका थिए, सोही राति झडप सुरु भएको झडपमा प्रहरीले ग्रिनेड र गोली प्रयोग गरेपछि स्थिति झन् अनियन्त्रित भएको थियो।
प्रतिक्रिया दिनुहोस्