कुल २७ जना सांसदमा कोरोना संक्रमण पुष्टि
काठमाडौं। हालसम्मा २७ जना सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २७ गते बस्ने संसद बैठकमा सहभागिताका लागि २२ गतेदेखि २४ गतेसम्म लिइएको स्वाब परीक्षणका क्रममा १९ जनामा कोरोना देखिएको हो। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, “हामीले परिक्षण गरेकोमा १९ जनामा संक्रमण देखियो। पहिला नै पुष्टि भएका ८ जना गरी कुल २७ जना सांसदमा कोरोना संक्रमण भएको छ।”
प्रतिक्रिया दिनुहोस्