काठमाडौं। दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल दशैंअघि कामको सिलसिलामा जिल्ला सदरमुकाम चरिकोट पुगेका थिए। त्यहीबेला उनलाई एउटा फोन आयो। फोनमा बोल्ने व्यक्तिले भने– ‘सर, नमस्कार! म दीपक गौतम, तपाईसँग भेट्नु छ, कता हुनुहुन्छ ?’
दुलालले आफू चरिकोटमै रहेकाले भेट्न आउन भने। त्यसरी भेट्न आएका दीपकले आफ्नो परिचय दिए र घर भारतको सिक्किम भएको बताए। उनले आफूलाई टंकप्रसाद स्मृति प्रतिष्ठानमा आबद्ध रहेको भनेरसमेत चिनाए।
आफ्नो यही परिचय अगाडि सारेर उनले शैलुङ गाउँपालिकाभित्रका विद्यालयहरूलाई सहयोग गर्ने योजना बनाएको सुनाए।
गाउँपालिका अध्यक्ष दुलाल उनको कुरा सुनेर प्रभावित नहुने कुरै भएन। दाता भेट्टाएको ठानेर उनले दीपकलाई गाउँपालिका कार्यालय, देउरालीमा लिएर गए।
विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग उपलब्ध गराउने भनेपछि दुलालले उनलाई गाउँपालिकाभित्र रहेका सबै विद्यालयको भ्रमण गराए। त्यसपछि उनले शारदा माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयलाई सहयोग गर्ने निर्क्योल गरे।
दुर्गा माविमा सिभिल इञ्जिनियरिङको पढाईसमेत हुन्थ्यो। त्यसैगरी, शारदा माविमा तीन वर्षे कृषि अनुसन्धानको विषयमा पढाई शुरू भएको थियो।
दीपकले दुर्गा माविलाई करीब २६ लाख रूपैयाँ बराबरको शैक्षिक सामग्री र शारदा माविलाई आठ लाख हाराहारी सहयोग उपलब्ध गराए।
यो सहयोग गरेपछि उनले गाउँपालिकाभर धेरैको मन जिते। त्यसपछि उनले अरू विद्यालयलाई पनि सहयोग गर्ने योजना गाउँपालिका अध्यक्ष दुलाललाई सुनाए।
“सबै विद्यालयलाई सहयोग गर्छु भनेपछि हामी पनि दंग पर्याैं”, दुलालले भने, “त्यसपछि गाडी किन्ने भनेर धेरै जनासँग सापटी र ऋणमा पैसा मागेछन्।”
त्यसक्रममा गौतमले धेरै जनासँग दुई लाख, डेढ लाख र एक लाख रूपैयाँ ऋण तथा सापटी मागेर चरिकोटमा अवस्थित गौरी होराइजन होटलको गाडी लिए। गाडी लिँदा भने उनले आधा मात्र पैंसा तिरेका थिए।
त्यसबीचमा उनले धेरैसँग पैसा उठाइसकेका थिए। शारदा माविका शिक्षक धनबहादुर तामाङका अनुसार उनले गाउँपालिकाभर ४० लाखभन्दा धेरै पैसा उठाएको देखिन्छ।
उनले विद्यालयलाई सहयोग जुटाउँछु भन्दै कल्लावारी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रलाल घिसिङसँग पनि ५० हजार रूपैयाँ लिएका थिए। चण्डिका आधारभूत विद्यालयबाट एक लाख ५० हजार लिएका उनले एक परिवारबाट छोरालाई जापान पठाइदिन्छु भनेर चार लाख पनि उठाए।
यसरी स्थानीय वासिन्दासँग ४० हजारदेखि तीन लाख रूपैयाँसम्म उठाएर उनी गत मंसीरदेखि सम्पर्कविहीन बने।
तर, उनी एक्लै भागेनन्। कालिभूमि माध्यमिक विद्यालय बालकोटकी एक शिक्षिकालाई समेत लिएर भागे।
“टंकप्रसाद स्मृति प्रतिष्ठानबाट सहयोग गर्छु भनेर आउँदा हामी खुशी भएका थियौं”, गाउँपालिका अध्यक्ष दुलालले भने, “त्यसमाथि उनको एउटा खुट्टा मात्र सद्धे थियो, यस्तो मान्छेले सहयोग गर्छु भन्दा हामी भावुक बनेका थियौं।”
शारदा माविका प्राधानाध्यापक नेत्रबहादुर थपलियाले विद्यालयलाई सहयोग गरेपछि आफूसँग दशैं सकेलगत्तै फिर्ता दिनेगरी गौतमले दुई लाख रूपैयाँ ऋण लिएको बताए। “विद्यालयलाई त्यति धेरै सहयोग गर्ने मान्छेले फट्याइँ गर्ला भन्ने कसरी सोच्नू ?” उनले भने, “पछि बुझ्दै जाँदा शैक्षिक सामग्री पनि उधारोमै ल्याएको रहेछ।”
गाउँपालिका अध्यक्ष दुलालले यसबारे प्रहरीमा उजुरी गरिएको बताए।
तर, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलले भने ठगीसम्बन्धी उजुरी नआएको बताए।
“गाडीधनीले चाहिँ आफ्नो गाडी हराएको उजुरी गरेका छन्, त्यस विषयमा प्रहरीले आवश्यक छानविन गर्दैछ”, उनले भने, “यसको जानकारी हामीले प्रहरी प्रधान कार्यालयमा समेत गराइसकेका छौं।”