चीनमा भड्किलो जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही एजेन्सी। भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ। यस वर्षको सुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महङ्गा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्