भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशंका
नयाँ दिल्ली। भारतको आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ। प्रदेशको दक्षिणपश्चिममा रहेको मामिलापाल्ले गाउँको चुन खानीभित्र त्रुटिबश डेटोनेटर पड्काउँदा विस्फोट भएको बताइएको छ। दुर्घटनामा १० जना बेपत्ता छन् भने पाँचजनाको पहिचान खुलेको छैन। दुर्घटनालगत्तै उद्धारको कार्य अघि बढाइएको स्थानीय अधिकारीहरूले जनाएका छन्। (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्