काठमाडाैं। नेपाल–श्रीलंका दौत्य सम्बन्धको ६०औं वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ। नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याए।
सन् १९५७ जुलाई १ मा नेपाल–श्रीलंका कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सदैव शान्त र समृद्ध रहँदै आएको छ। दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको पाइन्छ।
सन् १९७५ मा नेपालद्वारा श्रीलंकाको राजधानी कोलम्बोमा वाणिज्य दूतावास स्थापना गरी प्रारम्भ भएको कूटनीतिक सम्बन्ध सन् १९९५ मा दूतावास स्थापना भएपश्चात थप प्रगाढ भएको थियो।
टिकटमा टाँचा लगाउँदै सचिव सुवेदीले श्रीलंकासँगको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै व्यापारिक सम्बन्धलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए। रासस
" /> काठमाडाैं। नेपाल–श्रीलंका दौत्य सम्बन्धको ६०औं वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ। नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याए।सन् १९५७ जुलाई १ मा नेपाल–श्रीलंका कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सदैव शान्त र समृद्ध रहँदै आएको छ। दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको पाइन्छ।

">