काठमाडौं। काठमाडौंमा जथाभावी लगाइएका अव्यवस्थित होर्डिङ बोर्ड हटाउन शुरू गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा आजदेखि बजार क्षेत्रमा जथाभावी लगाइएका होर्डिङ बोर्ड हटाउन थालिएको हो ।
पहिलो दिन माइतीघर, तिनकुने क्षेत्रमा जथाभावी लगाइएका होर्डिङ बोर्ड हटाइएको छ। जथाभावी लगाइएका होर्डिङ बोर्डका कारण शहर नै कुरूप बन्दै गएपछि यस्तो कदम चालिएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले देखापढीलाई बताए।
अहिले काठमाडौंमा करीब ७० वटा ठूला होर्डिङ बोर्ड रहेको बताएका सापकोटाले भ्रमण वर्षलाई सहयोग पुग्ने उद्देश्यले यो काम चाँडै टुंग्याउने गरी लागिपरेको पनि जानकारी दिए। सापकोटाका अनुसार यसअघि २०७० सालमा महानगरपालिकाले ८७४ वटा होर्डिङ बोर्ड हटाएको थियो।
हुन त सर्वोच्च अदालतले २०७२ सालमै काठमाडौंको सौन्दर्यकरणका लागि आदेश नै दिएको थियो। आदेशमा शहरी सौन्दर्यलाई व्यवस्थापन गर्नका लागि अव्यवस्थित विज्ञापन होर्डिङ बोर्ड हटाउनुका साथै पोष्टर, पम्प्लेट, पर्चा, भित्तेलेखन र विद्युत तथा दूरसञ्चार प्राधिकरणका पोलहरूमा गरिएका विज्ञापन समेत हटाउन भनिएको थियो।