यात्रुसँग तीन गुणा बढी भाडा लिने पाँच जना नियन्त्रणमा
काठमाडौं।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने विभिन्न यातायातका काउन्टरका ५ जना कर्मचारीलाई नियन्त्रणम लिएको छ। नियन्त्रणमा लिइएकामा सावित्रा काउण्टर कलंकीमा कार्यरत मनु अर्याल र उनका छोरा, नारायणी यातायातका नवराज घिमिरे, विपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका ज्ञानेन्द्र साह छन्। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्