बुटवल। प्रदेश ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको आकर्षक तयारी गरेकाे छ। प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तर्राष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवर्द्धन समितिले गरेको छ।
बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्ने भ्रमण वर्ष प्रदेश सहसंयोजक माधव नेपालले जानकारी दिए। ठाकुरद्वारालाई सिँगारेर चिटिक्क बनाइँदैछ।
नयाँ वर्षको पूर्वसन्ध्यामा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ। “भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को शुरुआतमा भारतीय पर्यटकलाई बाँकेका होटलमा विशेष आतिथ्यताको व्यवस्था गरिएको छ”, सहसंयोजक नेपालले भने। उद्घाटनका दिन बाँकेको गाभर भ्याली क्षेत्रमा जंगल सफारी पनि विधिवतरूपमा शुरू गर्ने कार्यक्रम छ।
प्रदेश ५ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहेकाे पर्यटन प्रवर्द्धन समिति गठन गरिएको थियो। कार्यक्रममा विभिन्न जनजातिको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिनेछ। रोल्पाको मगरनाच, दाङ र बर्दियाको थारूनाच, अवधीनाच, पञ्चेबाजासमेत प्रदर्शन गरिनेछ।
रुपन्देहीका पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवलमा सडक खाना महोत्सवको आयोजना गरेका छन्। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका मुख्य स्थानमा सडक खाना महोत्सवको आयोजना गरिएको हो। रासस
" /> बुटवल। प्रदेश ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको आकर्षक तयारी गरेकाे छ। प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तर्राष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवर्द्धन समितिले गरेको छ।बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्ने भ्रमण वर्ष प्रदेश सहसंयोजक माधव नेपालले जानकारी दिए। ठाकुरद्वारालाई सिँगारेर चिटिक्क बनाइँदैछ।

">