फ्रान्समा हिउँपहिरो, सातजनाको मृत्यु
एजेन्सी। फ्रान्सको फ्रेन्च आल्प्समा शनिबार दुई अलगअलग हिउँपहिरोमा परी सातजनाको मृत्यु भएको छ। पहिलो हिमस्खलन दक्षिणपूर्वी फ्रान्सको ओवेर्गन रोन आल्प्सको कोल डु ग्यालिबियर पर्वतमा भएको हो। दोस्रो हिमस्खलन बाउर्ज सेन्ट मौरिसनजिकको मोन्ट पोरीमा भएको हो। हिउँपहिरोमा दुई समूहमा घुम्न गएका पर्यटकहरु परेको स्थानीयको भनाइ छ। हराइरहेका अन्य मानिसको खोजी भइरहेको पनि बताइएको छ।
प्रतिक्रिया दिनुहोस्