ब्राउन सुगर सहित २ जना पक्राउ कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका-१ स्थित पक्की पुल नजिकबाट करिब १४ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने प्रेम दत्त भट्ट र बेतकोट नगरपालिका-२ बस्ने केशब खत्री रहेका छन्। इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्