काठमाडौं। ‘मिस्टर नेपाल २०१९’को उपाधि सन्तोष उपाध्यायले जितेका छन्।
फाइनलमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाध्यायले उपाधि चुमेका हुन्। उनले उपाधिसहित मोटरसाइकल, नगद २५ हजार रूपैयाँका साथै विभिन्न ‘गिफ्ट ह्याम्पर’समेत प्राप्त गरे।
एक्सपोज नेपालको आयोजनामा भएको प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप भएका छन्। यस्तै प्रीन्स अभी थर्ड रनरअप तथा अभिनास चौधरी फोर्थ रनरअप भएका छन्।
कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिलवाल, मिस्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक रहेको यो शोमा २२ प्रतियोगी छनोटमा परेका थिए।
काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायत शहरको अडिसनबाट छानिएका २२ प्रतियोगीलाई स्विमिङ, फुटबल, समाजसेवा, सर्ट–हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, ग्रुमिङ, मेकअप, ड्रेसवेयरलगायत विभिन्न विषयमा प्रशिक्षणसमेत दिइएको थियो। प्रशिक्षणपछि उनीहरूलाई फाइनल प्रतिस्पर्धा गराइएको थियो।
" /> काठमाडौं। ‘मिस्टर नेपाल २०१९’को उपाधि सन्तोष उपाध्यायले जितेका छन्।

">