'मास्क लगाउ' भन्ने प्रहरीमाथि हातपात गरेपछि सुनसरी। इनरुवा नगरपालिका-९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय नजाम मिया र शम्शेर मिया रहेका छन्। अस्थाइ प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाइ हिँडडुल गरेका मानिसहरूलाई सम्झाइबुझाइ गर्नेक्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्