अवैध युरेनियमबारे गम्भीरतापूर्वक अनुसन्धान हुनुपर्छ : पाकिस्तान
एजेन्सी। मुम्बईमा बरामद भएको ७ किलो अवैध युरेनियमका विषयमा पाकिस्तानले चिन्ता प्रकट गरेको छ। पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतमा एक अनाधिकृत व्यक्तिबाट ७ किलो अवैध युरेनियम बराबद भएको विषयले हामीलाई चिन्तित बनाएको छ। अनाधिकृत रुपमा यति ठूलो परिमाणमा युरेनियम कसरी बाहिर आयो भन्ने विषयमा गम्भीरतापूर्वक जाँच हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस्