चिनियाँ रकेट हिन्द महासागरमा खस्यो बीबीसी। आखिर सबैभन्दा ठूलो चिनियाँ रकेट मालदिभ्सनजिकको हिन्द महासागरमा खसेको छ। रिपोर्टअनुसार, यसका अधिकांश हिस्सा वायुमण्डलमै जलेको थियो। अन्तरिक्षमा पठाइएको चिनियाँ रकेटबारे अनेक अनुमान गरिएको थियो। कतिपय देशले चीनको आलोचना गरेका थिए। मानवबस्तीमा खस्ने अड्कलसमेत गरिएको थियो। अन्त्यमा उक्त अनियन्त्रित रकेट बिहान स्थानीय समयअनुसार १०ः१२ बजे हिन्द महासागरमा खस्यो। चीनले यसको नाम ‘लङ मार्च फाइभबी’ राखेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्