आन्ध्रप्रदेशको चुनढुंगा खानीमा विस्फोट हुँदा १० मजदुरको मृत्यु
एजेन्सी। भारतको आन्ध्रप्रदेश कडप्पा लिल्लमा चुनढुंगा खानीमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १० जना मजदुरको मृत्यु भएको प्रहरीले बताएको छ। ट्रकबाट खानीका लागि आवश्यक जिलेटिन उतार्दै गर्दा विस्फोट भएको हो। खानी उत्खनन् गर्ने कम्पनीका साथै कामदारसमेत लाइसेन्स प्राप्त भएकाले विस्फोट कसरी भयो जाँचबुझ गर्नुपर्ने प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्