अरब सागरमा भारत र इन्डोनिसियाका नौसेनाको युद्धाभ्यास
एजेन्सी। भारतीय र इन्डोनेसियाली नौसेनाले शनिबार दक्षिण अरब सागरमा प्यासेज एक्सरसाइज(प्यासेक्स) गरेका छन्। प्यासेक्समा नौसेनाहरु युद्ध तथा मानवीय राहतसम्बन्धी अभ्यास गर्छन्। युद्धाभ्यासको मुख्य उद्देश्य पारस्परिक सहयोगमा सुधार गर्नु र दुई देशबीचको नौसेनाको सम्बन्ध मित्रवत् बनाउनु रहेको बताइएको छ। भारतीय सेनाले निरन्तर यस्ता अभ्यास मित्र देशहरुसँग मिलेर गर्दै आएको दक्षिण कमानले बताए पनि कतिपय विश्लेषकले भने यसलाई अर्कै ढंगमा बुझेका छन्।
प्रतिक्रिया दिनुहोस्