‘अहेवले दुई लाख ३४ हजार हिनामिना गरे’ <p>काठमाडौं। जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सिनियर अहेव मिनबहादुर विष्टले दुई लाख ३४ हजार रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।</p> <p>जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सिअहेव विष्टले गाडी भाडावापत उक्त रकम हिनामिना गरेको देखिएपछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।&nbsp;</p> <p>विष्टसँग दुई लाख ३४ हजार रूपैयाँ नै बिगो मागदाबी गरिएको छ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्