बैदेशिक रोजगारीमा ज्यान गुमाएका १,०२६ जनाको परिवारलाई ७१ करोडभन्दा बढी राहत
काठमाडौं। वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले चालु आर्थिक वर्षको पहिलो साढे नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा हुँदा मृत्यु भएका १ हजार २६ जनाको परिवारलाई राहत रकम दिएको छ। वोर्डकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख १७ गतेसम्मको अवधिमा उनीहरुलाई ७१ करोड ९० लाख ७८ हजार रुपैयाँ राहत वितरण गरेको हो। प्रत्येक पीडित परिवारलाई कम्तिमा सात लाख रुपैयाँ राहत पाएका छन्।
प्रतिक्रिया दिनुहोस्