‘दि लान्सेन्ट’मा भारतीय प्रम मोदीको तिखो आलोचना
बीबीसी। विश्वविख्यात मेडिकल जर्नल ‘दि लान्सेन्ट’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तिखो आलोचना गरेको छ। जर्नलले मे ८ को सम्पादकीयमा लेखेको छ, ‘कोरोना महामारीको कठिन समयमा मोदीले आफ्नो आलोचकलाई दबाउने काम मात्रै गरे, संक्रमण नियन्त्रणका उपाय खोज्न सकेनन्।’ एक विश्वसनीय अनुमानअनुसार, आगामी अगस्टसम्ममा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख पुग्नेछ। लान्सेन्टले भारतले कोरोना नियन्त्रणमा नयाँ कदम चाल्नुपर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्