काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले नेतृत्व तहमा देखापरेको अवस्था आफ्नो पार्टीकै भविष्यका लागि डरलाग्दो भएको बताएका छन्।
यसले कांग्रेसको पार्टी पंक्तिलाई समेत चिन्तित तुल्याएको उनले बताए। “नेताहरूको प्रमुख स्वार्थ आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने हो”, डा. खड्काले देखापढीसँग भने, “त्यसका लागि अहिले जे-जे गरिँदैछ, त्यसबाट राष्ट्रिय राजनीतिमा कांग्रेसको प्रमुख प्रतिपक्षको मुख्य भूमिका नै कमजोर बन्नपुगेको छ।”
उनले पार्टीभित्र एक समूह अहिले नै महाधिवेशनको पक्षमा नदेखिएको बताए। “पार्टी विधानले चार वर्षे कार्यकाल रहने र त्यसमा एक वर्ष थप्न सक्ने भन्छ, संविधानले पनि यस्तो भनेको छ, एउटा पक्ष यसमै अडिन चाहन्छ”, उनले भने, “अर्को पक्ष छिटो महाधिवेशन भएमा नेतृत्व आफूले प्राप्त गर्ने ध्याउन्नमा छ। यो नै कांग्रेसको समस्या हो।”
लोकतन्त्रको नाममा कांग्रेसभित्र अराजकता बढेको समेत उनले बताए।
“सरकारले जनताको मन बुझ्नेगरी काम गर्न सकेको छैन, भ्रष्ट्राचार बढेको छ, तर कांग्रेसले यसको लाभ उठाउन सकेको छैन”, उनले भने, “नेतृत्व हत्याउने दौडमा शीर्ष नेताहरूबाट पार्टीको मर्यादाको समेत ख्याल हुन छाडेको छ।”
" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले नेतृत्व तहमा देखापरेको अवस्था आफ्नो पार्टीकै भविष्यका लागि डरलाग्दो भएको बताएका छन्।यसले कांग्रेसको पार्टी पंक्तिलाई समेत चिन्तित तुल्याएको उनले बताए। “नेताहरूको प्रमुख स्वार्थ आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने हो”, डा. खड्काले देखापढीसँग भने, “त्यसका लागि अहिले जे-जे गरिँदैछ, त्यसबाट राष्ट्रिय राजनीतिमा कांग्रेसको प्रमुख प्रतिपक्षको मुख्य भूमिका नै कमजोर बन्नपुगेको छ।”

">