नेकपाका नेता भीम रावलले भने– ‘एमसीसी नेपालको हितमा छैन’
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले एमसीसीका कतिपय प्रावधान नेपालको हितमा नभएको बताएका छन्।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका रावलले सरकार र एमसीसीबीच भएको सम्झौताका प्रावधानबारे दुवै देशले स्पष्ट पार्नुपर्ने बताएका हुन्।

आज रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा बोल्दै रावलले कुनै पनि सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखेर अघि बढ्नुपर्ने बताए।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच सम्झौताको प्रसंग र यसपछिका कतिपय छलफलमा आफूले पटक–पटक धारणा राखेको उनको भनाइ छ। “त्यस्ता छलफलमा कतिपयले ठूलो धनराशि सहयोग आउँदैछ, सहयोग लिएनौं भने सम्बन्ध नै बिग्रिन्छ, विश्वसनीयता गुम्छ भनेको पनि सुनें”, रावलले भने, “परराष्ट्र नीति नमानेर हाम्रो देशको स्वाधिनता, स्वतन्त्रता र अखण्डतालाई नै शिरोपर गरेन भने विश्वसनीयता मात्र होइन देशको अस्तित्व नै गुम्ला, यतातर्फ ध्यान दिएको छ कि छैन यसो भन्नेहरूले?”

सम्झौताका कतिपय प्रावधानका बारेमा कुरा उठाउँदा कतिपयले आफूलाई अल्पज्ञानी भएको आरोपसमेत लगाउने गरेको रावलले बताए। “यो सम्झौताको मस्यौदा शुरूदेखि अन्त्यसम्म पढेको छु। पढ्दै नपढी जथाभाबी बोल्नुहुँदैन, नेपाली जनतालाई अन्धकारमा राख्ने षड्यन्त्र गर्नुहुँदैन।’

अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे. रेन्जले सन् १४ मे २०१९ मा र १० फेब्रअरी २०१९ मा एलिस वेल्सले एमसीसी एशिया प्यासिफिक स्ट्राटेजीकै अंग हो भनेर सार्वजनिक रूपमै बोलेकाले नेपाल सरकारले यसको बारेमा अमेरिकी सरकारसँग जवाफ माग्नुपर्ने उनले धारणा राखे।

कतिपयले एमसीसी आँखा चिम्लिएर लिनुपर्छ भनेर प्रचार गरिरहेको पनि आफूले देखिरहेको रावलको टिप्पणी छ। “धारा ३ को दफा ३ को ८ ‘क’ मा अमेरिकाको लेखा परीक्षण कम्पनीले लेखापरीक्षण गर्न पाउने कुरा उल्लेख गरेको छ। तर, नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्ने कुरा उल्लेख छैन।”

एमसीसीको सहयोगमा अमेरिकाको मात्रै ५५ अर्ब रुपैयाँ नभएको भन्दै उनले नेपालको पनि त्यसमा १३ अर्ब रूपैयाँ रहेको स्पष्ट पारे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्