एनआरएनए अफ्रिकाले नेपालमा अक्सिजन आपूर्ति गर्न १२ लाख सहयोग दिने काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय तह, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जाको लागि साढे तीन लाख बराबरको ५५० वटा सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने र अन्य जिल्लामा पनि ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउने समितिले निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्